यथार्थ र म


यथार्थलाई लुकाइ बसेको यो मेरो मन

आज केही बोल्न खोज्दैछ

कही कतै अड्किरहेका ती भावहरु ओकल्न खोज्दैछ

मुटुका कन्दराबाट आज आवाज दिदै छ
"जिन्दगी त यस्तै नै हो नि" भनी हाँस्न खोज्दै छ

तर, चस्सक्क पोल्ने गरी फेरी पनि मन आज घोच्दै छ

यथार्थलाई लुकाइ बसेको यो मेरो मन

आज केही बोल्न खोज्दैछ
फोस्रा सम्भावनाका दममा आज आफुलाई सम्हाल्दैछ

असहय ती क्ष्यणका आज कल्पना गर्दैछ

अनि आफुमा बसेको त्यो मायालाई आफैले मार्दैछ

यथार्थलाई लुकाइ बसेको यो मेरो मन

आज केही बोल्न खोज्दैछ

***

– निश्चल बस्नेत (Dec 2013)



Leave a comment