ऊ बसेको छ त्यहाँ

मुसुक्क हासीँ, दिब्य दृष्‍टिले मलाई हेर्दै

म छु त्यहाँ, उसको छेउमा,

उसँग केही माग्दै छु

सधैं उसलाई नै गुहार्छु, आज जस्तै

लाचर अनि विवश भइ..

कहिले त प्रश्न गर्छु,

आफ्ना सारा रिश पोख्छु..

तर, ऊ आज पनि निरुत्तर नै छ

हिजो जस्तै, अस्ति जस्तै,

सधैं जस्तै
भोलि हुनेछ

म फेरी आउनेछु

लाचार र विवश भइ

उसँग केही माग्न, केही भन्न, केही सोध्न..

तर, सदा झै ऊ त्यही बस्नेछ

मुसुक्क मुस्काउँदै,

सदाझै

शान्त,गम्भिर, अनि निर्जिव

***

– निश्चल बस्नेत (Jan 2014)



Leave a comment