बिहानको चिसो हावा सँगै
स्फुर्ती को आभाश छ
कही कतै
मायाको प्रभाव छ
कहिले काही
तिमीलाई कल्पिदै
नाच्नु र गाउनुमा पनि
एउटा बेग्लै मज्जा छ
तस्बिरकि तिमीलाई
बगलमा कल्पिदै एक्लै हाँस्दै छु
पर क्षितिजमा उदाँउदै गरेको सुर्य सँगै
आँखा जुदाँउदै
हाम्रै सपना देख्दै छु
यस्तो लाग्छ
म भर्खर ब्युझिदै छु
बल्ल जिन्दगी जिउदै छु
भित्र भित्रै
मायामा पर्दै छु
***
– निश्चल बस्नेत (Jan 2014)

Leave a comment