कल्पनाका पानामा रङ् छयाप्दै
जिन्दगीका दुई पहर रङ्याउदा
तेजिलो त्यो सुर्य पनि फितलो लाग्छ
शालीन यो पल फेरी कही भाग्छ
मन हाँस्छ,
नाँच्छ अनि गाँउछ,
अनयासै यो ओठमा मुस्कान छाँउछ
यिनै कल्पनाका पाना पल्टाँउदा
रङ उड्ने डर छ
आँखा खोल्दा रित्तो यो संसार छ
मन केही भारी छ,
आँखा लोलाएका छन्,
हृदय कसैलाई खोज्दैछ,
हरपल त्यस्तै छ,
मानौं समय त्यही ठहरिएको छ
तर,
त्यही स्थिरतामा एउटा हलचल छ,
बेजान यो शहरमा एउटा शाश छ,
एक्लोपनमा एउटा सामिप्यता छ
म अझैं जिउदै छु
मेरो सपनीमै एउटा बिपनी छ
***
– निश्चल बस्नेत (Jan 2014)

Leave a comment