सन्देह


झिस्मिसेमै जब चरा हरु चिर्बिराउन थाले

निदाएको समय जाग्न थाल्यो

आँखा खोल्दा धमिलो प्रकाश सँगै म मा एउटा संवाद जाग्यो

मस्तिस्क केहि सोध्दै थियो

तर,अहँ..ह्रिदय चुपचाप बसिरह्यो

मस्तिस्कका हरेक आरोप सँगै

ह्रिदयका आँशु बढ्न थाले

भारी पदचाप लिइ ह्रिदय पर भाग्न खोज्यो

"त गइस् भने मेरो के हुन्छ?", बिचमा मैले प्रश्न तेर्साए

ऊ बेफिकर हिडिरह्यो

मेरो प्रश्न चिसो भयो

म निशब्द त्यहि बसिरहे

सँगैको मेरो मस्तिस्क

अब बल्ल छट्पटाउन थाल्यो

***

– निश्चल बस्नेत (Feb 2014)



Leave a comment