त्यो अन्तिम शाश


एउटा दीप मनमा बल्दै छ

मधुरो तर शालिन

निखारिइरहेको तेल सगैँ

कहिलेकाहि धपधपाउन खोज्छ

सगैँ एउटा डर जन्माउछ

सुकेर कलेटी परेका ती ओठ

केहि बोल्न खोज्दा,

सगैँ टाँसि बसेका ति हावा

एक रत्ति सर्न मान्दैनन्,

पर पर सम्म सन्नाटा छ

सिवाय त्यही मलिन धुक-धुक

अगेँनाको चम्किलो न्यानो कोइला सरि

कुनै समय चम्केको त्यो जीवन

आज पुरै चिसिएको छ,

एउटा उजाडिएको रङमन्च बन्दैछ, जहाँ,

नाटक सकिदै छ,

रित्ता तालि बज्दै छन्,

र सबैले त्यो नाटकको कथा बिर्सिसकेका छन्...

त्यो लाश अब बल्ल मर्दै छ

***

– निश्चल बस्नेत (Mar 2014)



Leave a comment