म सगैँ निदाएको त्यो सुर्य
कहिलेकाही राँपिन खोज्थ्यो
मलाई बिउझाँउला झै गरेर
बाफिएका मेरा आशा
निचोरिएको बादल सरि
प्रगाढ अनि नजिक हुन्थे
मन त त्यसै उत्ताउलो
निच्च हाँस्थ्यो, फुर्र नाँच्थ्यो
म चाँही यसो सोच्थे
अल्झिएका समयका यि गाँठाहरु
कहिकतै छुटिएनन भने ?
समिपका ति आशाहरु
फेरी मबाट भाग्न थाल्थे...दुई तप्का आँशु चुहाउदैँ
फुरुङिएको मन फेरी भारी हुन्थ्यो, प्राण हरौँला झै गरेर
म त सदा झै मौन नै बस्थे,
निसासिएको आत्मा झै गरेर
***
– निश्चल बस्नेत (July 2014)

Leave a comment