स-साना ति थोपाहरु सिशा कोर्दै केही बयान गर्न खोज्दै छन्,
निहुरिएको म एकटकले तिनै थोपामा हराँउछु
एकार्कामा समाहित हुँदै बग्दा,पछाडिको दृश्य बद्लिदै छ
बिच-बिचमा ठुला थोपा आत्तिदै झर्दै छन्, सँगैका सानालाई आफुसँगै तान्दै
षड्यन्त्रकारी हावा त्यहिबेला सरर्र बहिदिन्छ
झिम्किएका मेरा परेला सँगै
ति थोपा केही तल पुगेर थेचारिन्छन्
असाह्य र लाचार
बिस्तारै बिलिन हुँदै गरेका ति थोपा,
रुँदै बिदा मागेझै गर्छन्,
टाउको उठाएर एकचोटि फेरी म ति थोपा हिंडेका बाटो हेर्छु
सफा र सालीन, त्यहाँ एउटा नयाँ दृश्य देख्छु
***
– निश्चल बस्नेत (July 2014)

Leave a comment