झल्किएको माया


सँगैको संसार सुस्त लाग्दा,

मुटु हाँसी ओठ आफै मस्किदा,

अनि, आँखा अतृप्त भई तिमीलाई हेर्दा,

म र तिमी सँगै भएझै लाग्छ

अबोध बालकको प्रश्नझै छरिएका मेरा खुशी

मेरा मुस्कानसँगै मिल्न थाल्छन

चिसा ती कल्पनाहरु ब्युतिन थाल्छन

तिम्रो प्रेममा पागल म

तिम्रै आँखामा झल्किन थाल्छु

***

– निश्चल बस्नेत (Oct 2014)



Leave a comment