सँगैको संसार सुस्त लाग्दा,
मुटु हाँसी ओठ आफै मस्किदा,
अनि, आँखा अतृप्त भई तिमीलाई हेर्दा,
म र तिमी सँगै भएझै लाग्छ
अबोध बालकको प्रश्नझै छरिएका मेरा खुशी
मेरा मुस्कानसँगै मिल्न थाल्छन
चिसा ती कल्पनाहरु ब्युतिन थाल्छन
तिम्रो प्रेममा पागल म
तिम्रै आँखामा झल्किन थाल्छु
***
– निश्चल बस्नेत (Oct 2014)

Leave a comment