कल्पनामा डुब्दै छन् आज यी सन्दर्भहरु
मलाई साथ लिई
कतै बहकिएर उडिजाउँला कि भनी म डराँउछु
तर, फैलिएको अन्जुली जस्तै लाचार बनाउन
तेर्सिन्छन मनमा कयौ संवादहरु
यिनै कल्पना र यथार्थको असमन्जसमा मिसिई
बिक्ष्यिप्त ती संवादमा म एकटकले डुबिरहँदा,
दुनियाँ मलाई हेरी हाँस्छ
मेरो "कमजोर" मनको ब्यङ्यमा
बिचरो त्यो मनलाई रहर किन नहुनु र ?
मस्तिस्क चन्चले छ, हतार गर्छ
तर मन मान्दैन, शायद उसले आँशु चाखेको छ
एकान्तका छ्हारीमा छछल्किएका ती आँशुहरु
पिडा भन्दा बढी प्रतिक्षाका होलान् शायद
छ्हारीमा ती आँशुसँगै झरेका पातहरु
ओइलाई मर्दै जाँदा, मेरो मन पनि सँगै जाँउ भन्छ
नसुने र नदेखेँ झै गरी म मेरो नजर फेर्छु
पारीबाट हुरी बेजोडले म तिर आउँदै छ
छ्हारीका नयाँँ हरिया पातहरु बेस्मरी फर्फराउछन्
म त्यही कोलाहलमा बसिरहन्छु,
एउटा नयाँँ आभाशको पर्खाइमा
***
– निश्चल बस्नेत (Sep 2016)

Leave a comment