यथार्थ


हरेक बिहान उहि सानो अँधेरो कोठामा उठ्छ ऊ,

ठुलो सुस्केरा लिदै

सायद स्वप्न नमीठो भएर होला..

कि त,

यथार्थको चर्को अनुभुतिले होला..

अर्ध-चेत उसको त्यो शरिर

उसको मस्तिष्कको फायरिगं कुर्दै छ

ति फायरिगं,

जसका बेजोड ध्वनिका पछाडी

उसले हरपल आफ्नो वेदनाको आवाज लुकाउछ
रोधन पनि महशुस गर्छ ऊ,

तर केवल त्यो मुटुमा

ति आँखा त सधैँझै अटेरि नै छन्

न आँशु झार्छन, न त आशा लिएर चम्किन्छन

ति त केवल उसका बासी प्रतिबिम्ब मात्र देखाउछन्

अनि फेरि महशुस गराउछन् ,उसलाई उसको यथार्थको
                                           | |
लौ .. के अचम्म !?

उसको मनले यहाँनेरि एउटा नयाँ स्पन्दन गर्छ,

खुशीले भरिएको स्पन्दन
तर, आखिर किन खुशी भयो यो मन?

उसले मन सँग नै एकतर्फी प्रश्न गर्छ
ति धोकेवाज ओठहरु कति छिटै मुस्काईसकेछन्,

अलिकति पनि सन्देह नै नमानि,

उसको प्रश्नको पूर्ण रुपमा बेवास्ता गरि

लाचार ऊ,

अस्पस्ट त्यो आभाशलाई आफ्नो यथार्थको अर्को षड्यन्त्र ठान्छ
तर, यथार्थ ?

यथार्थ त यो हो कि,

त्यो खुशीको स्पन्दन,

अनि त्यो 'षड्यन्त्रकारी' मुस्कान,

त्यो त सब

उसकै आत्माको प्रयाश हो,

उसकै सङ्घर्षको चीत्कार हो,

उसकै नैसर्गिक झकझकाहट हो

त्यो स्वतन्त्रता खोस्नका लागि,

त्यो मोक्ष प्राप्तिका लागि,

जसको बन्धक ऊ स्वयम् आफु नै हो

***

– निश्चल बस्नेत (Feb 2024)



Leave a comment