Nepali

  • परमचेतना – I

    परमचेतना – I

    हे प्राणी, अब त जाग तिमी !हेर त, कल्पौ बितिसकेका छन्जहाँ तिम्रा कैयौँ आत्मा-सवार देहहरुलेजन्म देखी मृत्‍यु सम्मको निरर्थक यात्रा गरिसकेप्राणी ! के अझै पनि निदाएकै छौ सदा झै, ती सांसारिक आँखा खोलेर ?अब ती आँखा बन्द गरअनि जाग तिमी ! अति शीघ्र जाग !तिनै बन्द आँखाले मात्र देख्नेछौतिमीले आफ्नो प्रकृति, जो प्रतिक्षारत छिन् सदियौँ Continue reading

  • untitled

    untitled

    एक चिर सुन्यता..न केहीको उपस्थिति, न कोहीको अस्तित्त्व,केवल अनन्त रिक्तता,र त्यो चिसो अन्धकार..जहाँ आदि छ,र,जुन अन्त्य पनि हो हो, त्यही नै हो,मेरो गन्तव्य,मेरो पुर्व-लिखित अभिप्रायजहाँ म बिलिन हुनेछु पक्का,उसको परिधिमा ऊ — जो मेरो मात्र होइन,जो ममा मात्र छैन निहित,ऊ त छ सर्वदा,हरेक पलकमा, हरेक झलकमाहरेक श्वास, अनि हरेक आत्मामाजन्मका चीत्कार देखि सन्तापका रोदन सम्म,कटु Continue reading

  • यथार्थ

    हरेक बिहान उहि सानो अँधेरो कोठामा उठ्छ ऊ,ठुलो सुस्केरा लिदैसायद स्वप्न नमीठो भएर होला..कि त,यथार्थको चर्को अनुभुतिले होला..अर्ध-चेत उसको त्यो शरिरउसको मस्तिष्कको फायरिगं कुर्दै छति फायरिगं,जसका बेजोड ध्वनिका पछाडीउसले हरपल आफ्नो वेदनाको आवाज लुकाउछ रोधन पनि महशुस गर्छ ऊ,तर केवल त्यो मुटुमाति आँखा त सधैँझै अटेरि नै छन्न आँशु झार्छन, न त आशा लिएर चम्किन्छनति Continue reading

  • मैले बुझ्न नसकेको कथा

    सुन्दा सरल लाग्थ्यो, कहिलेकाँही अझै पनि लाग्छतर, आँखा चिम्ली मनलाई सोध्धा अझै अनभिज्ञ नै छुयो मैले अपनाउन नसकेको कथा,या मैले पत्याउन नसकेको कथा … खै के थाहा ? खाली कागजमा आज पनि म यही कथा कोर्छुतर अफसोस, चित्र सधैं झै अस्पस्ट अनि श्यामश्वेतयो मैले रँगाउन नसकेको कथा,या मैले जानि-जानि बिथोलेको कथा … खै के थाहा Continue reading

  • पर्खाइ

    कल्पनामा डुब्दै छन् आज यी सन्दर्भहरुमलाई साथ लिईकतै बहकिएर उडिजाउँला कि भनी म डराँउछुतर, फैलिएको अन्जुली जस्तै लाचार बनाउनतेर्सिन्छन मनमा कयौ संवादहरुयिनै कल्पना र यथार्थको असमन्जसमा मिसिईबिक्ष्यिप्त ती संवादमा म एकटकले डुबिरहँदा,दुनियाँ मलाई हेरी हाँस्छमेरो “कमजोर” मनको ब्यङ्यमाबिचरो त्यो मनलाई रहर किन नहुनु र ?मस्तिस्क चन्चले छ, हतार गर्छतर मन मान्दैन, शायद उसले आँशु चाखेको Continue reading

  • अपवाद

    भिजेको कागतमा नफुलेका अक्षर जस्तो अपवाद मसंसारिक यथार्थका बिचमा कठपुतली सरह बाचिँरहेछुब्यग्र यी मनका अनगिन्ती प्रश्नहरुपल-पलमा घाऊ बनी चहर्याहिरहेछन्आँखा एकटकले समयसगँ रोकिरहँदाम पनि त्यही रोकीई बस्न खोज्छुतर, यथार्थमा रुझी बसेका ती “सुखी” आत्माहरुमलाई “उद्दार” गर्न भनी आँउछन्शान्त मेरो आत्मा मलाई प्रश्न गर्दछ,”तेरो अस्तित्व खोइ ?” भनेरम सुनेर पनि नसुने झै गर्दिन्छुकिनकि मेरो अस्तित्व र उद्देश्यको Continue reading

  • झल्किएको माया

    सँगैको संसार सुस्त लाग्दा,मुटु हाँसी ओठ आफै मस्किदा,अनि, आँखा अतृप्त भई तिमीलाई हेर्दा,म र तिमी सँगै भएझै लाग्छअबोध बालकको प्रश्नझै छरिएका मेरा खुशीमेरा मुस्कानसँगै मिल्न थाल्छनचिसा ती कल्पनाहरु ब्युतिन थाल्छनतिम्रो प्रेममा पागल मतिम्रै आँखामा झल्किन थाल्छु *** – निश्चल बस्नेत (Oct 2014) Continue reading

  • स्वार्थी झरी

    बाहिर झरी दर्किरहेको छ, समयलाई पखाल्दैभिजेको आँत बोकेका ति मान्छेलग-लग काँपेझै गर्छन् ,स्वार्थिपन को छाता ओढ्दाभित्रि मुटु के पो भिज्थ्यो र?क्षीतिजको सूर्य सँगैका ति कालाम्मे बादल,अनि, उस्तै काला ति भित्री मनहरूजतिनै रूझे पनि पखालिन्नन्प्रश्न सोध्ने सोधिरहन्छन्,उत्तर खोज्ने भौतारिरहन्छन्,पारि डाँडाबाट प्रतिवादको एउटा सानो चित्कार सुनिन्छजसलाई दबाउन अब झरी झनै दर्किन्छबिजेताको संज्ञा पाउँदाअरु केही शरीर “भिजौ न Continue reading

  • untitled

    स-साना ति थोपाहरु सिशा कोर्दै केही बयान गर्न खोज्दै छन्,निहुरिएको म एकटकले तिनै थोपामा हराँउछुएकार्कामा समाहित हुँदै बग्दा,पछाडिको दृश्य बद्लिदै छबिच-बिचमा ठुला थोपा आत्तिदै झर्दै छन्, सँगैका सानालाई आफुसँगै तान्दैषड्यन्त्रकारी हावा त्यहिबेला सरर्र बहिदिन्छझिम्किएका मेरा परेला सँगैति थोपा केही तल पुगेर थेचारिन्छन्असाह्य र लाचारबिस्तारै बिलिन हुँदै गरेका ति थोपा,रुँदै बिदा मागेझै गर्छन्,टाउको उठाएर एकचोटि फेरी Continue reading

  • अल्झिएको समय

    म सगैँ निदाएको त्यो सुर्यकहिलेकाही राँपिन खोज्थ्योमलाई बिउझाँउला झै गरेरबाफिएका मेरा आशानिचोरिएको बादल सरिप्रगाढ अनि नजिक हुन्थेमन त त्यसै उत्ताउलोनिच्च हाँस्थ्यो, फुर्र नाँच्थ्योम चाँही यसो सोच्थेअल्झिएका समयका यि गाँठाहरुकहिकतै छुटिएनन भने ?समिपका ति आशाहरुफेरी मबाट भाग्न थाल्थे…दुई तप्का आँशु चुहाउदैँफुरुङिएको मन फेरी भारी हुन्थ्यो, प्राण हरौँला झै गरेरम त सदा झै मौन नै बस्थे,निसासिएको आत्मा Continue reading

  • त्यो अन्तिम शाश

    एउटा दीप मनमा बल्दै छमधुरो तर शालिननिखारिइरहेको तेल सगैँकहिलेकाहि धपधपाउन खोज्छसगैँ एउटा डर जन्माउछसुकेर कलेटी परेका ती ओठकेहि बोल्न खोज्दा,सगैँ टाँसि बसेका ति हावाएक रत्ति सर्न मान्दैनन्,पर पर सम्म सन्नाटा छसिवाय त्यही मलिन धुक-धुकअगेँनाको चम्किलो न्यानो कोइला सरिकुनै समय चम्केको त्यो जीवनआज पुरै चिसिएको छ,एउटा उजाडिएको रङमन्च बन्दैछ, जहाँ,नाटक सकिदै छ,रित्ता तालि बज्दै छन्,र सबैले Continue reading

  • सन्देह

    झिस्मिसेमै जब चरा हरु चिर्बिराउन थालेनिदाएको समय जाग्न थाल्योआँखा खोल्दा धमिलो प्रकाश सँगै म मा एउटा संवाद जाग्योमस्तिस्क केहि सोध्दै थियोतर,अहँ..ह्रिदय चुपचाप बसिरह्योमस्तिस्कका हरेक आरोप सँगैह्रिदयका आँशु बढ्न थालेभारी पदचाप लिइ ह्रिदय पर भाग्न खोज्यो”त गइस् भने मेरो के हुन्छ?”, बिचमा मैले प्रश्न तेर्साएऊ बेफिकर हिडिरह्योमेरो प्रश्न चिसो भयोम निशब्द त्यहि बसिरहेसँगैको मेरो मस्तिस्कअब बल्ल Continue reading

  • मनको बहाव

    बगेका तरङसँगै छछल्किने ति नीला पानीसधैं अस्पस्ट कहाँ थिए र ?यसो आँखा चिम्लि हेर्न खोज्दाएउटा सुद्ध निस्चलता देख्थेँजब हावा सरर्र बहिदियोमेरा मस्तिस्कका ती अचल तरङहरु फेरि ब्यग्रित हुन थालेमन रुँदा आँखा पुलकित भयोत्यहाँ एउटा द्वन्द्व थियोआँखा र मन बिच,तरङ र सुन्यता बिचत्यहि कोलाहलमा,म त एउटा मुर्ति भँएनिला ति पानीका छाल सँगैछिटो छिटो डुब्दै गँए *** Continue reading

  • यथार्थका सपना

    कल्पनाका पानामा रङ् छयाप्दैजिन्दगीका दुई पहर रङ्याउदातेजिलो त्यो सुर्य पनि फितलो लाग्छशालीन यो पल फेरी कही भाग्छमन हाँस्छ,नाँच्छ अनि गाँउछ,अनयासै यो ओठमा मुस्कान छाँउछ यिनै कल्पनाका पाना पल्टाँउदारङ उड्ने डर छआँखा खोल्दा रित्तो यो संसार छमन केही भारी छ,आँखा लोलाएका छन्,हृदय कसैलाई खोज्दैछ,हरपल त्यस्तै छ,मानौं समय त्यही ठहरिएको छ तर,त्यही स्थिरतामा एउटा हलचल छ,बेजान यो Continue reading

  • शायद मायामा फसे कि ?

    बिहानको चिसो हावा सँगैस्फुर्ती को आभाश छकही कतैमायाको प्रभाव छ कहिले काहीतिमीलाई कल्पिदैनाच्नु र गाउनुमा पनिएउटा बेग्लै मज्जा छ तस्बिरकि तिमीलाईबगलमा कल्पिदै एक्लै हाँस्दै छुपर क्षितिजमा उदाँउदै गरेको सुर्य सँगैआँखा जुदाँउदैहाम्रै सपना देख्दै छु यस्तो लाग्छम भर्खर ब्युझिदै छुबल्ल जिन्दगी जिउदै छुभित्र भित्रैमायामा पर्दै छु *** – निश्चल बस्नेत (Jan 2014) Continue reading

  • ऊ बसेको छ त्यहाँमुसुक्क हासीँ, दिब्य दृष्‍टिले मलाई हेर्दैम छु त्यहाँ, उसको छेउमा,उसँग केही माग्दै छुसधैं उसलाई नै गुहार्छु, आज जस्तैलाचर अनि विवश भइ..कहिले त प्रश्न गर्छु,आफ्ना सारा रिश पोख्छु..तर, ऊ आज पनि निरुत्तर नै छहिजो जस्तै, अस्ति जस्तै,सधैं जस्तै भोलि हुनेछम फेरी आउनेछुलाचार र विवश भइउसँग केही माग्न, केही भन्न, केही सोध्न..तर, सदा झै Continue reading

  • यदि

    यदि मन सधैं स्थिर बसिदिए,समय सधैं अडिग रहिदिएम कही हँराउथे होला,केही डँराउथे होला,तर, कही कतै,पक्कै रँमाउथे होला *** – निश्चल बस्नेत (Dec 2013) Continue reading

  • साँघुरो..??

    साँघुरोसंसार,साँघुरोशहर,साँघुरोमन..तर, कोही बसेको छ यहाँ, बोकीठुलो रहर, ठुलो चाहना, ठुलो सपना *** – निश्चल बस्नेत (Dec 2013) Continue reading

  • मन

    मन आज खुशी नै थियोहाँस्दै थियो, रमाउदै थियोफुरुङ परेर नाच्दै थियोएक्कासी एउटा प्रश्न जाग्योअनि,एउटा गहन मौनता…आँखा कतै टोलाई रहेआँशु नझरे सम्म,माया नमरे सम्म… *** – निश्चल बस्नेत (Dec 2013) Continue reading

  • तिमी…

    कही कतै निदरीमा देख्दै छु तिमीलाईमुटु भरी कल्पनामा भेट्दै छु तिमीलाईटाढा भए पनि नजिक नजिक पाउँदै छु तिमीलाईआँखा भरी सपनी मा समेट्दैछु तिमीलाईकही कतै निदरीमा देख्दै छु तिमीलाई *** – निश्चल बस्नेत (Dec 2013) Continue reading

  • यथार्थ र म

    यथार्थलाई लुकाइ बसेको यो मेरो मनआज केही बोल्न खोज्दैछकही कतै अड्किरहेका ती भावहरु ओकल्न खोज्दैछमुटुका कन्दराबाट आज आवाज दिदै छ “जिन्दगी त यस्तै नै हो नि” भनी हाँस्न खोज्दै छतर, चस्सक्क पोल्ने गरी फेरी पनि मन आज घोच्दै छयथार्थलाई लुकाइ बसेको यो मेरो मनआज केही बोल्न खोज्दैछ फोस्रा सम्भावनाका दममा आज आफुलाई सम्हाल्दैछअसहय ती क्ष्यणका Continue reading